राजनीति

वर्षमान पुनलाई उपचार गर्न चीन लगियो

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १५:५ बजे

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि थाइल्याण्डबाट शुक्रबार चीन लगिएको छ ।

उनलाई चीनको सेनजेन प्रान्तको थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको माओवादी केन्द्रका एक नेताले बताए ।  उपचारबाट अपेक्षित स्वास्थ्यलाभ नभएपछि समितिभेज अस्पतालका चिकित्सकको सल्लाहमा चीन लगिएको हो ।  


माओवादी नेता पूर्वमन्त्री पुनको विगत डेढ महिनादेखि उहाँको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित रहेका पुनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचार चीनमा हुनेछ ।

नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला छन् । सेनजेनमा उनको आजैदेखि उपचार सुरु हुने बताइएको छ । 

नेता पुनलाई गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उनी काठमाडौँबाट १२ गते बैंककका लागि उडेका थिए । 
 


Author

थप समाचार
x