पत्रकार ओझाको नयाँ पुस्तक ‘जबज : फरक बहस’ बजारमा
काठमाडौँ - पत्रकार घनेन्द्र ओझाको नयाँ पुस्तक ‘जनताको बहुदलीय जनवाद : फरक बहस’ बजारमा आएको छ । पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह–अवरोहदेखि जनताको बहुदलीय जनवाद (जबज)माथि तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको बताइएकाे छ।
यस्तै नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको ०४९ सालमा भएको पाँचौं महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन ‘जबज’माथि आलोचनात्मक टिप्पणी पनि गरिएको जनाइएकाे छ । तीनवटा खण्ड रहेको पुस्तकमा जबज पूर्णदस्ताबेज पनि समावेश छ । इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मोल २ सय ९९ रूपैयाँ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया