कांग्रेस दाङ सभापतिमा चार जनाको उम्मेदवारी
दाङ - नेपाली कांग्रेस दाङ जिल्ला अधिवेशनका लागि प्रक्रिया सुरु भएको छ । जिल्ला नेतृत्वको लागि सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चुनिने भएको छ । कांग्रेस दाङ हाक्ने गरी जिल्लामा चार जना प्रभावशाली नेताले सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि शुक्रबार चार जनाले मनोनयन दर्ता गराएका हुन् । संस्थापन पक्षधबाट दुई जना र संस्थापन इतरबाट दुई जना जिल्ला नेतृत्वको लागि चुनावी प्रतिस्पर्धामा छन् ।
संस्थापन पक्षबाट दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ बाट भूपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । जानकीलाल बस्नेत नेविसंघका पूर्वजिल्ला अध्यक्ष हुन् । १३औं महाधिवेशनका क्रममा क्षेत्रीय सभापतिमा बराबर मत आएपछि गोला प्रथाबाट उनी अनुराग यादवसँग पराजित भएका थिए ।
भूपबहादुर डाँगी क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति हुन् । डाँगी दुई कार्यकाल क्षेत्रीय सभापति भइसकेका छन् । उनी स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । क्षेत्र नम्बर २ बाट कमल किशोर घिमिरेले संस्थापन इतर समूहबाट समापतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । घिमिरे पूर्व जिल्ला सचिव हुन् भने गत अधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी हुन् । १३औं महाधिवेशनका क्रममा उनी पार्टी सभापति कीर्तिबहादुर खड्कासँग पराजित भएका नेता हुन् । संस्थापन इतरबाट दाङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने शंकर डाँगीले पनि सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनी अहिलेका जिल्ला सचिव हुन् ।
जिल्ला कार्यसमितिको उपसभापतिका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया