सबै नागरिकलाई खोपको व्यवस्था गर्छौं : विरोध खतिवडा
रामेछाप - नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोजना गरेको पार्टीको प्रथम अधिवेशनमा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका उनले कोभिड नियन्त्रणका लागि सरकारले सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको दाबीसमेत गरे । नागरिकलाई खोपको पूर्ण मात्रा लगाएर कोभिडबाट सुरक्षित हुन पनि उनले आग्रह गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया