राजनीति

माओवादीको एजेन्डामा देश चलेको छ : हितराज पाण्डे

इकागज |
मंसिर ११, २०७८ शनिबार १८:२५ बजे

बागलुङ - नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डेले आफ्नो पार्टीको एजेन्डामा देश चलेको बताएका छन्  । माओवादी केन्द्र, ताराखोला गाउँपालिकाको अधिवेशनमा शनिबार बोल्दै उनले यस्तो बताएका हुन्  । ‘जनयुद्ध र जनआन्दोलनका बलमा प्राप्त उपलब्धिको रक्षा माओवादी केन्द्रबाट मात्र सम्भव छ,’  नेता पाण्डेले भने, ‘माओवादी आन्दोलन कमजोर हुँदा परिवर्तन उल्टने, देश कमजोर हुने खतरा छ ।’ 

तिनै परिवर्तनका एजेन्डा र उपलब्धिलाई गुम्न नदिन पार्टी पुनःनिर्माणको महाअभियान थालिएको उनले बताए । गणतन्त्र, संघीयता, धर्म निरेपक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धीको सच्चा हकदार माओवादी केन्द्र रहेको उनको भनाइ छ । नेता पाण्डेले संगठन, विचार र राजनीतिमा पार्टीलाई थप सुदृढ गर्न तहगत रूपमा कमिटीका अधिवेशन भइरहेको बताए ।



Author

थप समाचार
x