एमालेमा कर्णालीबाट पदाधिकारी हुनुपर्ने युवाको माग
चितवन - नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाट प्रतिनिधित्व हुनुपर्ने आवाज उठेको छ । एमालेमा कर्णालीबाट एक पदाधिकारी हुनुपर्ने भन्दै जारी १० औं राष्ट्रिय महाधिवेशनमा युवाहरूले माग गरेका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघका सचिवालय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष कमल खड्कासहितको टोली यही माग राख्दै सौराहा आएको छ । ‘कर्णालीबाट एमालेमा प्रतिनिधित्व हुनुपर्ने हाम्रो माग हो । यही माग गर्दै पार्टी नेतृत्वलाई दबाब दिन ब्यानरसहित यहाँ आएका हौं,’ खड्काले भने ।
संघका सचिवालय सदस्य किरण सापकोटा पनि सौराहा आइपुगेका छन् । उनी फरक क्षमताका हुन् । ‘यामलाल कंडेललार्इ सचिव बनाउनु पर्छ भन्ने हाम्रो माग हो । देशभरका प्रतिनिधिसँग कर्णालीलाई न्याय दिनका लागि अनुरोध गर्छौं,’ उनले भने । एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका कँडेल कर्णालीबाट पदाधिकारीका एकल आकांक्षी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया