सबै सदस्यमा सहमति भएको छ : महेश बस्नेत
चितवन - नेकपा एमालेका नेता महेश बस्नेतले जारी महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरू सहमितमा टुंगो लगाइने बताएका छन् । महाधिवेशनको दोस्रो दिन केहीबेर अघि पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयनका लागि बसेको बैठकबाट बन्द सत्र स्थलतर्फ लाग्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् । ‘सबैले सहमतिमा जाने गरी छलफल टुंग्याएका छौं । अबको निर्णय बन्द सत्रबाट हुने छ,’ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले भने ।
अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा पदाधिकारी र केन्द्रीय किमटी सदस्यका लागि निर्वाचन नगरी सर्वसम्मति गर्ने बताएपछि उपाध्यक्ष भीम रावल र उपमहासिचव घनश्याम भुसालले फरक मत राखेपछि बिहान ७ बजे हुने भनिएकाे बन्द सत्र झण्डै १३ घण्टापछि सुरु भएकाे हाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया