कांग्रेस गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलको उम्मेदवारी
पोखरा - नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । आसन्न १४ औं महाधिवेशनअन्तर्गत पौडेलले प्रदेशको सभापतिमा उम्मेदवारी दिने भएका हुन् ।
कांग्रेस तनहुँको जिल्ला सभापति पदमा १५ वर्षसम्म जिम्मेवारी सम्हालेका पौडेलले पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी संगठनलाई थप मजबुद बनाउन आफूले उम्मेदवारी दिएको बताए । गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग आफू परिचित रहेको उल्लेख गर्दै उनले ०४६, २०६२/६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा अन्य दल समेतलाई समेट्दै आन्दोलनको नेतृत्व गर्नुका साथै ०५९ देखि ०६७ सम्म सर्वदलीय संयन्त्रको नेतृत्व गरेको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया