एमाले केन्द्रीय सदस्यमा लुम्बिनीबाट नौ सदस्य निर्विरोध
काठमाडौँ - नेकपा एमालेको १० औं महाधिवेशनमा लुम्बिनी प्रदेशबाट नौ जना केन्द्रीय सदस्य निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जनकारीअनुसार लुम्बिनी प्रदेशको नौ वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नौ कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नौ कोटामा नौ जनामात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् । जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।
महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुने भएका हुन् । यद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया