मन्त्रिपरषद्को निर्णय
राखेप सदस्य सचिवमा घिसिङ नियुक्त
काठमाडौँ – सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
खेलकुदमन्त्री महेश्वर गहतराजले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषद्मा प्रेस गरेका थिए । आज नियुक्त भएका घिसिङ नेपाल रग्वी संघको अध्यक्ष हुन् । त्यसो त उनी नेकपा माओवादी केन्द्र बागमती प्रदेशको सचिवालय सदस्यसमेत हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया