राजनीति

माओवादी केन्द्र धनुषाका १२ स्थानीय तहमा अधिवेशन सम्पन्न

सुभाष कर्ण |
मंसिर १३, २०७८ सोमबार १९:१३ बजे

जनकपुरधाम - नेकपा माओवादी केन्द्रले धनुषाका १८ वटा स्थानीय तहमध्ये १२ वटामा अधिवेशन सम्पन्न गरेको छ । सम्पन्न अधिवेशनबाट १२ वटै स्थानीय तहमा सर्वसम्मतले नेतृत्व चयन गरिएको पार्टी जिल्ला संयोजक दीपक यादवले जानकारी दिए  ।

उनकाअनुसार जिल्लाको गणेशमान चारनाथ, सबैला, शहिदनगर, मिथिलाविहारी, विदेह, हँसपुर, कमला, क्षिरेश्वरनाथ, धनुषाधाम मिथिला, नगराईन नगरपालिकासहित औरही गाउँपालिकामा अधिवेशन सम्पन्न गरी सर्वसहमति नेतृत्व चयन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका सहित मुखियापट्टी मुसरहनीया, बटेश्वर, जनकनन्दनी, लक्ष्मीनिया र धनौजीसहितका गाउँपालिकामा अधिवेशन हुन नसकेको सचिव यादवले बताए ।


अधिवेशन सम्पन्न स्थानीय तहहरूमा अध्यक्षसहित ६५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उनका अनुसार गणेशमान चारनाथ नगरपालिकामा महेश यादव, विदेह नगरपालिकामा दुखी मण्डल, हँसपुर नगरपालिकामा सुनिलकुमार यादव, मिथिला बिहारी नगरपालिकामा प्रदीपनारायण शाह र सहिदनगर नगरपालिकामा तनुकलाल कुसियैत यादवको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।

त्यसैगरी सबैला नगरपालिकामा कारीराम यादव, औरही गाउँपालिकामा सहसराम ठाकुरलाई अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । कमला नगरपालिकामा अधिवेशन सम्पन्न भएपनि नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतरूपमै नेतृत्व चयन हुने भएकाले अध्यक्षमा दुई जनाले दाबी गरेपछि नेतृत्व चयन हुन नसकेको स्थानीय नेता देवु यादवले बताए ।

अधिवेशन गर्न बाँकी रहेका आधा दर्जन स्थानीय तहमा छिट्टै नै सहमति गरेर कार्यसमिति चयन गरिने संयोजक दिपक यादवले बताए । उनले ६ वटा स्थानीय तहमा प्राविधिक कारणले अधिवेशन सम्पन्न हुन नसकेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x