राजनीति

जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक : उपराष्ट्रपति पुन

इकागज |
मंसिर १३, २०७८ सोमबार २०:५५ बजे

चन्द्रागिरि - उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका– २ वाडभन्ज्याङस्थित चण्डिका देवी माविद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव ०७८ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

‘शिक्षामा आएका दरार समान हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ । शिक्षा क्षेत्रमा विभेद हुनु हुन्न । पछिल्लो दिनमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेको छ । विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपमान्तरण सम्भव छ,’ उनले भने । पुराण मंसिर १३ देखि २१ गतेसम्म चल्ने बताइएको छ ।



Author

थप समाचार
x