राजनीति

काङ्ग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा

इकागज |
मंसिर १५, २०७८ बुधबार १८:३६ बजे

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको उदघाटन रुपन्देहीको भैरहवामा हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार रुपन्देहीको भैरहवामा रहेको महेन्द्र सभागृहमा मंसिर १६ गते दिउसो १२:३० बजे उद्घाटन हुने लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए । जोशीका अनुसार १६,१७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । 

प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन पहिलो पटक हुँदैछ। अधिवेशनकाे उदघाटन कांग्रेस  केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले गर्ने कार्यक्रम तय भएको छ । १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएकाे छ । प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी १५ सय ८५ जनाले मतदान गर्ने छन् ।


अधिवेशनमा ३ हजार बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए । गैरेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरूको लागि खाने र बस्ने व्यवस्था गरिएको जानकारी दिए ।


Author

थप समाचार
x