राष्ट्रपतिद्वारा छ वटा अध्यादेश जारी
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ अनुसार उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश-२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश-२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ र रेल्वे अध्यादेश-२०७८ जारी गरेकी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया