चुरे दोहन रोक्न राष्ट्रपति भण्डारीको आग्रह
कपिलवस्तु - राष्ट्रपति विद्यादेवी भण्डारीले विकासका नाममा भइरहेको चुरे दोहन रोक्नुपर्ने बताएकी छन् । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन् । प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न उनको अनुरोध छ । काेभिडको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिइन् । नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा सबै नेपाली नागरिकले स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिइन् ।
कपिलवस्तुको बाणगंगा-२ नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औ्र धनधान्याञ्चल महायज्ञलाई सम्बोधन उनी कपिलवस्तु आएकी हुन् । १२७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका दुईवटा प्रवेशद्वार, अष्टचिरञ्जीवी मूर्ति र विश्रामलयको अनावरण गरेकी राष्ट्रपति भण्डारीले आश्रम परिषरमा रहेको दुर्गा मन्दिरको पूजाअर्चनासमेत गरिन् ।
राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरूकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्न राज्यको तर्फबाट काम भएको दाबी गरिन् । नेपालको संस्कति नै यहाँको पहिचान भएकाले यसको विकास गर्न राज्यले जोड दिएको उनको भनाइ छ । ‘हामीलाई प्राप्त प्रकृतिको अपार स्रोतले राम्रो साथ दिएको छ । राज्यको तर्फदेखि संस्कृति र प्रकृतिलाई संरक्षण गर्ने कार्य भएको छ’, उनले भनिन्, ‘हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जीवन हो । प्रकृतिको आन्नद लिन स्वस्थ्य हुनुपर्छ । यसका लागि प्रकृतिको संरक्षण गर्नुपर्छ ।’
कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीसमेत उपस्थित भएका थिए । महायज्ञ २२ मंसिरसम्म चल्ने महायज्ञ मूल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताए । -न्यूज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया