कांग्रेस प्रदेश २ को अधिवेशन उद्घाटन सत्र
सत्ताको ड्राइभिङ सिटमा कांग्रेस आउन जरूरी छ : विमलेन्द्र निधि
आउँदो निर्वाचनमा बहुमतीय सरकारको दाबी
जनकपुरधाम – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को उद्घाटन सत्र सम्पन्न भएको छ । बिहीबार प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सम्पन्न अधिवेशको उद्घाटनका वक्ताहरूले आगामी निर्वाचनमा पार्टीले बहुमतले हासिल गर्ने दाबी गरे ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई जारी महाधिवेशन सफलतापुर्वक सम्पन्न र आउँदाे निर्वाचनमा बहुमतले सरकार बनाउनुपर्ने लक्ष्य लिएर अघि बढाउन आग्रह गरे ।
'जबसम्म देशमा नेपाली कांग्रेसको एकमना बहुमतको सरकार बन्दैन तबसम्म देशको समृद्धि र संविधानको सफल कार्यान्वयन हुन सक्दैन । संविधानको सफल कार्यान्वयन देशमा न त कुनै कम्युनिष्ट पार्टी, न कथित मधेशवादी दलले गर्न सक्छ, त्यो नेपाली कांग्रेसबाटै सम्भव छ । तर त्यसका लागि सत्ताको ड्राइभिङ सिटमा काग्रेस आउन जरूरी छ,' उनले भने, 'जबसम्म कांग्रेसको बहुमतीय सरकार हुँदैन तबसम्म संविधान संशोधन, देशको समृद्धि र विकासको परिकल्पना गर्न सकिँदैन । आगामी निर्वाचनमा कांग्रेसले हरेक प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहको सिटमा एकल उम्मेदवार खडा गर्नेछ र विजयी हुनेछ । '
जारी महाधिवेशनबाट पार्टीको नेतृत्व युवा वर्गमा आउनुपर्ने उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले अधिवेशनबाट को पदमा आएन ती सबै कुरालाई बिर्सेर आउँदाे निर्वाचनबाट पार्टीलाई बहुमतीय सरकार बनाउनुपर्ने प्रतिबद्धताका अघि बढनुपर्ने औंल्याइन् ।
कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा कोषाध्यक्ष चित्रलेखा यादवले देशमा महिला नेतृत्वको आवश्यकता रहेको कुरामा जोड दिइन्न्ई । 'संविधानमा हामीले प्रमुख कार्यकारी पदमा एक महिला र एक पुरूषको व्यवस्था गरियो, तर कार्यान्वयन हुन सकेको छैन, संविधान संशोधन गरी महिला वा पुरूष दुवै भनिएको महिलालाई अनिवार्यता गर्नुपर्ने आवश्यकता छ,' उनले भनिन्, 'मधेशमा पुनः कांग्रेसलाई स्थापित गर्न आवश्यक छ । यसका लागि आफ्ना कमीकमजोरीलाई सुधार गरेर अघि बढनुपर्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया