कांग्रेस प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित
जनकुरधाम - नेपाली कांग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनअन्तर्गत शुक्रबार (आज)देखि सुरू हुने निर्वाचन प्रक्रिया स्थगित भएको छ । कुनै पनि जिल्लाबाट मतदाता नामावली नआएपछि शुक्रबार हुने भनिएको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गर्नु परेको प्रदेश निर्वाचन समितिका सदस्य अरूण यादवले जानकारी दिए ।
सो प्रदेशका ८ जिल्लामध्ये सर्लाही र बारामा निर्वाचन हुन सकेको छैन भने महोत्तरीका तीनवटा क्षेत्रमा विवाद छ । निर्वाचन सम्पन्न भएका धनुषा, सर्लाही, सप्तरी, रौतहट र पर्साबाट पनि नामावली नआएको उनले बताए । ‘मतदाता नामावली समितिसम्म पुग्न नसकेका कारण निर्वाचन प्रक्रिया एक दिनका लागि स्थगित गरिएको हो । आज रातिसम्म नामावली आइपुग्यो भने भोलिदेखि निर्वाचन प्रक्रिया सुरू हन्छ, अन्यथा स्थगित अवधि बढाउनुपर्ने हुन्छ,’ उनले भने ।
बिहान १० बजेदेखि प्रतिनिधि नामावली दर्ता हुने भनी उद्घाटन सत्रमा जानकारी गराएपछि प्रतिनिधिहरूले दर्ता गराउन गोपाल धर्मशाला पुगेका थिए । तर एक÷डेढ घण्टासम्म निर्वाचन समितिको पदाधिकारी पुगेन । पछि जिल्ला कार्यसमिति धनुषाले प्राविधिक कारणले प्रतिनिधि दर्ता स्थगित गरिएको सूचना टाँस गरी स्थगित गरेका छन् ।
प्रदेशको सूचनामा जिल्लाको लेटर प्याड
निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी प्रदेश निर्वाचन समितिले गराउनुपर्नेमा जिल्ला कार्यसमितिले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । रजिष्ट्रेशन संयोजक समेत रहेका जिल्ला सचिव विशेश्वर यादवद्वारा हस्ताक्षरित विज्ञप्तिबारे उनले निर्वाचन समिति व्यवस्थित हुन नसकेको कारण जिल्ला कार्यसमितिको लेटर प्याड गरिएको बताए ।
निर्वाचन समितिको क्षेत्राधिकारमा जिल्ला कार्यसमितिले हस्तक्षेप गरियो भन्ने टिकाटिप्पणी भइरहेका बेला निर्वाचन समिति सदस्य अरूण यादवल भने आफूहरू सूचना टाँस्ने तयारीमै थियो, सो अघि जिल्ल कार्यसमितिले टाँसिसकेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया