राजनीति

समानताका लागि अर्को आन्दोलन आवश्यक : उपेन्द्र यादव

इकागज |
मंसिर १७, २०७८ शुक्रबार २१:३७ बजे

जनकपुरधाम - जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पटक-पटकको आन्दोलनले पनि सात्ता र शक्तिमा परिवर्तन नआएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताएका छन् । जसपा र राष्ट्रिय जनता दल नेपाल एवम् अखिल नेपाल पिछडा वर्ग महासंघबीच पार्टी एकीकरण तथा भातृ संगठन घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । 

पटक-पटक आन्दोलनले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रमा व्यवस्थामा प्रवेश गरे पनि मधेसी,जनजाति, पिछडावर्ग समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा कुनै सुधार नदेखिएको उनको भनाइ छ । अहिले पनि नेपालको प्रशासनिक क्षेत्रदेखि लिएर सेना, न्यायपालिकामा अझै एक्कै समुदायको वर्चस्व रहेकोले अब हुने आन्दोलनले सबै वर्ग, जातजाति, तथा पछाडि परेका समुदायको उत्थानको साथै समावेशी र समानताको लागि हुने उनले बताए । 


नेपालको कर्मचारीतन्त्रान मधेसीको जनताको सहभागिता मुस्किलले ४, ५ प्रतिशतमात्रै रहेकाले यसलाई बढाउनुपर्ने उनले बताए । सत्ता र शक्तिमा पहाडका उच्च जातिको राणाकालदेखि पञ्चायत हुँदै अहिलेसम्म पकड रहेको उनको तर्क छ ।


Author

थप समाचार
x