पत्रकारले गाडी किन्दा भन्सार शुल्क छुट पाउनुपर्ने प्रेस सेन्टरको माग
चितवन - नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले पत्रकारहरूले गाडी खरिद गर्दा भन्सार शुल्क छुट गर्न सरकारसमक्ष माग गरेको छ । चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट १९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै संगठनले यस्तो माग गरेको हो ।
‘मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन , साना व्यवसायीलाई मिडियामा लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बिमा लागू गर्न माग गरिएको छ,’ महाधिवेशनले जारी गरेको १९ बुँदे घोषणापत्रमा उल्लेख छ ।
यस्तै प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणालाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन पनि संगठनले राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । शनिबार उद्घाटन भएको महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटीे चयन गर्नेछ । जसमध्ये आठजना केन्द्रीय कमिटीले मनोनित गर्नेछ । महाधिवेशन हलले अध्यक्षसहित एक सय ९१ केन्द्रीय कमिटी सर्वसम्मत छनोट गर्ने भएको छ । यदि सर्वसम्मत नभए केन्द्रीय कमिटी बैठकले छान्ने बताइएको छ । प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा लगभग सर्वसम्मत हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया