निधिद्वारा लिङ्देनलाई बधाई
काठमाडौँ - नेपाली कांंग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । केही बेरअघि निधिले विज्ञप्ति जारी गर्दै राप्रपाको अध्यक्ष पदमा निर्वाचित भएकोमा लिङ्देनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
विज्ञप्तिमार्फत निधिले राप्रपाको यस महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया