बागमती प्रदेश
जसपाका सांसद टोपी र मास्क लगाएर आए, कांग्रेस प्रदेश अधिवेशनमा मतदान गरे
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को बागमती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि कांग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन् । हिजो शनिबार पनि मतदान गरेका तामाङले आज पनि मतदान गरेका हुन् ।
बागतीमा सभापतिका तीन उम्मेदवार कसैले पनि ५१ प्रतिशत भोट ल्याउन नसकेपछि आज धेरै मत ल्याउने दुई जनाबीच चुनावी प्रतिस्पर्धा भएको छ ।
‘उहाँ(तामाङ) टोली र मास्क लगाएर आउनु भएको थियो । सायद कसैले नचिनुन् भनेर होला,’ कांग्रेसका एक जना महाधिवेशन प्रतिनिधिले भने, ‘उहाँ र उहाँकी श्रीमती धवामेन्दो पनि आउनु भएको थियो मतदान गरेर जानु भयो ।’
प्रेम तामाङ तत्कालीन नयाँ शक्ति (अहिलेको जसपा)का निर्वाचित सांसद हुन् । रसुवाका तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया