योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौँ - राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् ।
पोखरेलले सोमबार ट्वीट गर्दै आफूले सो पदमा उम्मेद्वारी दिनेबारे सार्वजनिक गरेका हुन् । ‘नेपाली कांग्रेसको १ ३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा १०९६ मतसहित ३३ औं भएको थिएँ । युवामा देशमै उज्यालो भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास सिर्जना गर्न मेरो अनुभव र उmर्जा प्रयोग गरी पार्टीका नीति र कार्यक्रममा सुधारका लागि १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु,ु उनले लेखेका छन् ।
यस्ता छन् पोखरेलका पाँच प्रतिबद्धता :
१ - कोभिड-१९ पछिको नयाँ युग सुहाउँदो सम्मुन्नत विकास योजना र वैचारिक बहसको पहल र नेतृत्व ।
२ - अन्तर्राष्ट्रिय क्षेत्रमा सार्वभौम नेपालको उच्च प्रतिनिधित्व र प्रस्तुति ।
३ - लोकतान्त्रिक व्यवस्था र कांग्रेस पार्टीभित्र अवधारणागत र आचणगत सुधार
४ - सार्थक समावेशिता र सांस्कृतिक सह-अस्तित्वको उननत अभ्यास
५ - युवाहरूका लागि स्वदेशमै गरीखाने माहोल बनाई आत्मविश्वास सिर्जना गरी सम्मुन्नत समाज निर्माण गर्न पार्टीभित्र नीतिगत सुधार सहयोग पुर्याउन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया