राजनीति

कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गगन थापाले भने - म होइन हामी भनेर काम गरौँ

इकागज |
मंसिर २३, २०७८ बिहीबार १६:४४ बजे

काठमाडौँ -  कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् । आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए । 

‘हामीले जनआन्दोलनपछि  ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’


पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको भन्दै उनले तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएको र जनता पनि निराश भएका बताए । 

‘पार्टी पुनर्जागरण र रुपान्तरण’ नारा दिएका नेता थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए । 

कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्नेमात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको भन्दै नेता थापाले प्रत्येक नेपालीसँगको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।  


Author

थप समाचार
x