राजनीति

साझा उम्मेदवार तय गर्न शशांक निवासमा छलफल जारी

इकागज |
मंसिर २३, २०७८ बिहीबार १८:३ बजे

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बेठक महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा जारी छ । उक्त समूहमा सभापतिको साझा उम्मेदवार सकस भइरहेको छ । रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालामध्ये एक जनालाई सभापतिको साझा उम्मेदवार बनाउन खोजे पनि सहमति जुट्न सकेको छैन । 

अहिलेसम्म पौडेल र शशांक कोइरालाले सहमतिका लागि छोड्न तयार रहेको बताइसकेका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंह भने आफ्नो दाबीमा टसमस छैनन् ।  आज बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डममा बसेको बैठक ले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा.शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो ।  बिहान बसेको बैठकले अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई प्रकाशमान सिंहसँग वार्ता गर्न पठाएको थियो भने गगन थापा, गुरु घिमिरे, चन्द्र भण्डारी र धनराज गुरुङलाई डा. शेखर कोइरालासँग वार्ता गर्न पठाएको थियो । 


त्यसमध्ये केसीसहितको टोलीले प्रकाशमान सिंहले खोलेको सम्पर्क कार्यालयमै गएर वार्ता गरेका थियो । युवा नेताहरूको टोलीले कोइरालासँग केन्द्रीय समिति बैठक सुरु हुनुअघि पार्टी कार्यालयमै वार्ता गरेको थियो ।

दुवै समूहको वार्ताबाट आएका निष्कर्ष बैठकमा पेस भएपछि आकांक्षी नेताद्वयलाई बैठकमा बोलाउने वा आफैँ भेटेर कुरा गर्न भन्ने विषयमा निर्णय हुने छ । नेताहरुलाई सहमतिका लागि निरन्तर दबाब दिइएको नेता गुरुराज घिमिरेले जानकारी दिए ।   


Author

थप समाचार
x