राजनीति

नेविसंघ महामन्त्री थपलियाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १०:३४ बजे

काठमाडौँ : नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन् । महाधिवेशनका लागि उनी धादिङको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।

 थपलिया दुई दशक बढीदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छिन् । नेपाल विद्यार्थी संघको उपाध्यक्ष र महामन्त्री समेत भइसकेकी छिन् । एक दशक अघि उनी महासमिति सदस्यसमेत बनेकी थिइन् ।


‘महिलालाई नेतृत्व दिएको ठाउँ असफल भएको छैन,’ उनी भन्छिन्,' त्यसकै दृष्टान्त स्वरुप केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छु । विद्यार्थीकालीन राजनीति गरेकोले पनि नेपालको तल्लो तहको समस्या कस्तो हुन्छ भनेर बुझेकी छु ।'

थपलिया २०५३ निलकण्ठ माविको धादिङ इकाई उपाध्यक्षसमेत बनेकी थिइन् । उनी नेविसंघ धादिङको कोषाध्यक्षसमेत रहेकी थिइन् ।

नेविसंघको राजनीतिक आन्दोलनक्रममा र २०६२/०६३ को जनआन्दोलनमा उनी पटकपटक प्रहरी गिरफ्तारीमा परेकी थिइन् । पार्टी र समाजमा चलायमान बनाउन ईच्छाशक्ति भएको नेतृत्व आवश्यक हुने हुँदा प्रतिनिधिहरुले सो अनुसारको नेतृत्व चयन गर्नेमा उनी आशावादी छन् ।

उनी भन्छिन्, ‘अवसर पाएमा प्रमाणित गर्ने ठाउँमा म पुग्‍ने छु । महाधिवेशन प्रतिनिधिहरुले मलाई केन्द्रीय समितिमा अवसर दिनुहुने छ ।’


Author

थप समाचार
x