राजनीति

नेपाली कांग्रेसको १४औं महाधिवेशन

माधव नेपालले ओलीलाई संकेत गर्दै ‘प्रतिगमनको बाहक’ भनेपछि...

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १६:१८ बजे

काठमाडौँ– नेकपा एमालेबाट निस्केर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेता माधवकुमार नेपालले लामो समयपछि एउटै मञ्चमा केपी शर्मा ओलीलाई भेटेपछि उनीमाथि व्यंग्यवाण प्रहार गरेका छन् । 

नेपाली कांग्रेसको महाधिवेशनमा शुभकामना दिन पुगेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीलाई संकेत गर्दै प्रतिगमनका बाहक सल्बलाएको भन्दै ओलीलाई व्यंग्य गरे । 


उनले १६ वर्षअघिको नेपाली कांग्रेस र हालका सभापति शेरबहादुर देउवाले गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिक दुवै पार्टीको महाधिवेशनमा भाग लिएको र त्यतिबेला राजाको सत्ताकांक्षाले दिक्क भएका दलहरूले आफ्नो विधानबाट संवैधानिक राजतन्त्रलाई हटाएर फालेको तथा आन्दोलनमा सँगसँगै सडकमा आएको सम्झिए । 

नेपालले मुलुक परिवर्तबाट निकै अघि बढीसकेको भन्दै अब पछाडि फर्कने वा राजतन्त्र पुनस्थापना गर्ने कुनै गुञ्जायस नभएको बताए । उनले राजालाई राजनीति गर्न मन भए पार्टी खोल्न सल्लाह दिए । 

उनले ओलीलाई संकेत गर्दै भने, ‘हामी धेरै गफ गर्छौं । काम गर्दैनौं । मुलुकमा भ्रष्टाचार बढेको छ ।’ 

उनले गफ भन्दा काम गर्नुपर्ने भन्दै मुलुकमा अहिले देखिएको संकटका सम्बन्धमा नेपाली कांग्रेसको महाधिवेशनमा छलफल गरी निष्कर्ष निकाल्न पनि सुझाव दिए । 
 


Author

थप समाचार
x