राजनीति

मानवअधिकारको संरक्षण आवश्यक छ : मुख्यमन्त्री राउत

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १९:२९ बजे

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव जीवनका लागि मानव अधिकारको सरंक्षण हुनु अत्यावश्यक कुरामा जोड दिएका छन् । शुक्रवार ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सामान्य कुनैपनि मानिसको जीवन यापनका लागि मानव अधिकारको प्रत्याभूति हुनु आवश्यक रहेको भने ।

मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको भन्दै मुख्यमन्त्री राउतले मानव अधिकारबाट बंचित समाजका उत्पिडित वर्गहरुका लागि प्रदेश सरकार एकपछि अर्को कार्यक्रमहरु ल्याएको दाबी समेत गरे ।


उनले अशिक्षा र बेरोजगारीका कारण मानव अधिकारबाट बंचित महिला , दलित मुस्लिम लगायतका समुदायहरुको लागी प्रदेश सरकारले अग्रपक्ति राखेर काम गर्दै आएपनि अपांग र यौनिक अल्पसंख्यकहरुको लागी चाहदा चाहदै पनि सोचे अनुसारको काम गर्न नसकिरहेको भन्दै दुख व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए । 
 


Author

थप समाचार
x