राजनीति

कांग्रेस अधिवेशन : अब २५० मत खस्न बाँकी

इकागज |
मंसिर २७, २०७८ सोमबार २३:६ बजे

काठमाडौँ – कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी मतदानमा ४ हजार ७४३ मध्ये २५० मत खस्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार राति साँढे १० बजेसम्म २५० मत खस्न बाँकी छ ।  
बिहान ८ बजे सुरु हुने भनिएको मतदान ढिलो गरी ११ बजेमात्रै सुरु भएको थियो । अहिले पनि तेस्रो पटक समय थप गर्दै राति ११ ः ३० बजेसम्मको लागि मतदान समय थपिएको छ ।  



Author

थप समाचार
x