राजनीति

कांग्रेस महाधिवेशन : जम्मा ४६८१ मत खस्याे, सभापतिको मत गणनास्थल ल्याइयो

इकागज |
मंसिर २८, २०७८ मंगलबार ०:८ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत नेतृत्व चयनको लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि ११ बजेमात्रै सुरु भएको थियो । साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पटक पटक थपेर राति ११ः३०सम्म पुर्याइएको थियो । कांग्रेसमा जम्मा ४७४३ महाधिवेशन प्रतिनिधिले मत हाल्ने अधिकार पाएका थिए ।  यी मध्ये ४६८१ मत मात्रै खस्याे ।


तीन वटै मतदान केन्द्रमा मुचुल्का उठाएपछि सभापतिको मत गणना सुरु हुने निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । अहिले मतपत्रसहितको बन्द ट्यांकी मत गणनास्थलमा लैजान थालिएको छ । निर्वाचन समितिले मत गणनाको लागि राष्ट्रिय सभा गृहमा गणनास्थल तयार पारेको छ । अन्यको पदका लागि खसेको मत भने मुचुल्का उठाएर पार्टी कार्यालय सानेपा लैजाने बताइएको छ ।  बिहान ६ बजेसम्ममा सभापतिको अन्तिम नतिजा आउने बताइएकाे छ ।निर्वाचन समितिले पुस ३ गतेभित्र सबै उम्मेदवारको मत परिणाम सार्वजनिक गरिसक्ने योजना रहेको जनाएको छ ।  

 


Author

थप समाचार
x