देउवाले पार्टीलाई एक बनाएर लैजानुहुन्छ : प्रकाशशरण महत
फाइल तस्बिर
काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् । बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाइ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जित हात पारेको बताएका हुन् ।
देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनको दाबी छ । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाइ छ । ‘उहाँलाई जसरी समग्र पार्टी पंक्तिले समर्थन ग¥यो यसबाट पनि के जायर हुन्छ भने उहाँ सबै नेतालाई जोड्न सक्नुहुन्छ’ उनले भने, ‘कसैलाई पनि असुरक्षाको अनुभुति हुने परिस्थिति आउँदैन भन्ने विश्वासले नै सबैले उहाँलाई सहयोग पनि गर्नुभयो । समर्थन पनि गर्नुभयो । मलाई के कुरामा विश्वास छ भने हाम्रो अर्जुन दृष्टि भनेको आउने आम निर्वाचन, आउने निर्वाचनमा पार्टीलाई एक बनाएर लानसक्ने जुन उहाँको खुबि छ, त्यो नै उहाँको दोस्रो कार्यकालमा निर्वाचित हुनुको मुल कारण हो भन्ने मलाई लागेको छ ।’
पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाइ तथा शुभकामना दिइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया