२ मतले पराजित भएपछि पुनः मतगणनाको निवेदन लिएर गच्छदार सानेपातिर
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदमा २ मतले पराजित भएपछि विजयकुमार गच्छदार पुनःगणनाको माग लिएर पार्टी केन्द्रीय कार्यालय सानेपातर्फ लागेका छन् ।
गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग जम्मा २ मतान्तरले पराजित भएपछि पुनः मतगणनाको निवेदन लिएर उनी सानेपा जानलाई निवासबाट निस्किएका हुन् । गच्छदार आउने सूचना पाएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । गुरूङकाे १९०८ र गच्छदारकाे १९०६ भाेट अाएकाे बताइएकाे छ ।
'मतपरिणाममा चित्त बुझेन । एकाएक कसरी मत घट्याे थाहा भएन । त्यसैले म पुन:मत गणानाकाे मागसहित पार्टी कार्यालय जाँदैछु' गच्छदारले इकागजसँग भने ।
निर्वाचन समितिकाअनुसार खड्काले २१२१ भाेट ल्याए, गुरूङले १९०८ र गच्छदारले १९०६ भाेट ल्याए । गुरूङले गच्छदारलाइ २ भाेटले मात्र हराएका हुन् । त्यस्तै चन्द्र भण्डारीले १५८० भाेट ल्याउँदा सुजता काेइरालाले ६४४, महेश अाचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया