कांग्रेस सहमहामन्त्रीको मतगणना : कसको कति मत ?
फाइल तस्बिर
काठमाडौँ – नेपाली कांग्रेसको नेतृत्व चयनको लागि भएको मतदानपछि अहिले मतगणना जारी छ । १४औँ महाधिवेशनअन्तरर्गत अहिले सहमहामन्त्री पदका उम्मेदवारहरुको क्लस्टरअनुसार नै मत गणना पार्टी केन्द्रीय कार्यालयमा भइरहेको हो ।
सहमहामन्त्रीमा पछिल्लो अपडेटअनुसार मधेशीतर्फ २०२५ मत गणना गर्दा महेन्द्र यादवले १००६ मत ल्याएका छन् भने रामकृष्ण यादवले ७३६ मत ल्याएका छन् ।
त्यस्तै थारु कोटाको सहमहामन्त्रीमा ३५०० मत गणना गर्दा उमाकान्त चौधरीको १६७७ मत आएको छ भने तेजुलाल चौधरीको १३३५ मत आएको छ ।
त्यस्तै मुस्लिम क्लस्टरअन्तरर्गत १९०० मत गणना हुँदा फरमुल्लाह मन्सुरको १०२९ मत आएको छ भने शेख वकिलको ८२९ मत आएको छ ।
सहमहामन्त्रीअन्तरर्गत महिलातर्फ महालक्ष्मी उपाध्याया ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया