राजनीति

एमसीसी आर्थिक सहयोग मात्र बनोस् : माधवकुमार नेपाल

इकागज |
पुस ५, २०७८ सोमबार १५:३६ बजे

फाइल तस्बिर

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले (अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बारेमा समिति नै बनाएर छलफल भइरहेको बताएका छन् ।  
बैदेशिक सहयोग र अनुदानहरु राष्ट्रहितमा होस् भन्ने आफूहरुको चाहना रहेको उनको भनाइ छ । ‘तीन जनाको कमिटी बनाएर एमसीसीबारे छलफल गरिरहेकै छौँ । नेपाललाई कुनै सैन्य गठबन्धन स्वीकार्य छैन । यो मात्र आर्थिक सहयोग बनोस्’ काठामडौँमा आयोजित एक कार्यक्रममा उनले भने ।   



Author

थप समाचार
x