राजनीति

कोभिडविरुद्ध खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै लागौँ : प्रधानमन्त्री देउवा

इकागज |
पुस ५, २०७८ सोमबार १८:५४ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णमात्रामा खोप दिएर जनतालाई कोरोनाविरुद्ध सुरक्षित बनाउने अभियानमा सबै सक्रिय रुपमा लाग्नुपर्ने बताएका छन् ।कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा संघीय सरकारका सरोकारवाला मन्त्रीसँग सोमबार सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको भन्दै सक्रियरुपमा लाग्न आग्रह गरेका हुन् ।

कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ । उनले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको भए पनि खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।  चैतसम्म सबै नेपालीलाई खोप दिने सरकारको लक्ष्य रहेको र पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्नुपर्ने छलफलको निष्कर्ष रहेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।  



Author

थप समाचार
x