राजनीति

गण्डकी प्रदेश

मन्त्री बनेको साँढे दुई महिनापछि जिम्मेवारी पाउँदै दोबाटे विश्वकर्मा

इकागज |
पुस १२, २०७८ सोमबार १६:४५ बजे

काठमाडौँ – गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याउने गरी नियमावली संसोधन गरिएको छ ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविभाजन नियमावली २०७४ संसोधन गरेर साँढे दुई महिनाअघि मन्त्री बनेका डोबाटे विश्वकर्मालाई जिम्मेवारी दिन लागिएको हो । 

‘नियमावली संसोधन भएको छ,’ स्रोत भन्छ, ‘आन्तरिक मामिला मन्त्रालयको जिम्मा डोबाटे विश्वकर्मालाई दिने सम्भावना छ । त्यसो नभए पनि जिम्मेवारी हेरफेर गरेर उहाँलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।’ डोबाटे साँढे दुई महिनादेखि बिना विभागीय मन्त्री छन् । अहिले आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नै मातहतमा राखेका छन् ।     
  


 

 


Author

थप समाचार
x