राजनीति

सेन्ट्रल जोन भलिबल विजेता टोलीले जनहीँ पाँच लाख पाउने

इकागज |
पुस १४, २०७८ बुधबार १९:११ बजे

काठमाडौँ -  उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको  उपाधि उचालेको थियो । लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख,  प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने  निर्णय भएको हो । नेपाली टोली भोलि स्वदेश फर्कँदै छ । 



Author

थप समाचार
x