राजनीति

निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री

इकागज |
पुस १८, २०७७ शनिबार १६:४७ बजे

फाइल तस्बिर

पाल्पा : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न बाध्य भएको बताए । 

नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको बताए । सरकारले नेपाल र नेपालीको शिर उचो राख्‍न कालापानी र लिम्पियाधुरा नक्सामा समावेश गरेको बताए । (रासस)
 



Author

थप समाचार
x