राजनीति

वाग्मती प्रदेशसभाको बैठक माघ ७ मा

इकागज |
पुस १९, २०७७ आइतबार १९:२७ बजे

मकवानपुर : वाग्मती प्रदेश सभाको हिउदे अधिवेशन आगामी माघ ७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन माघ ७ गते दिनको ३ बजे बस्‍नेगरी बोलाएका हुन् । 


मुख्यमन्त्री कार्यालयले प्रदेशसभा बैठक बोलाउन गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले आइतबार बैठक बोलाउन आह्वान गरेको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।  


प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ बजे अन्त्य भएको थियो । प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका दुई, विवेकशील साझा पार्टीका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी ११० सदस्य छन् । (रासस)
 


Author

थप समाचार
x