नेताको वरीयताको विषयमा सभापतिलाई हामीले विगत सम्झाएका थियौँ : महामन्त्री गगन थापा
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेताहरूको वरीयताबारे सभापति शेरबहादुर देउवालाई विगत सम्झाए पनि अटेर गरेको बताएका छन् । देउवाले पार्टीमा एकलौटी निर्णय गर्दै पेलेर जाने नीति अपनाएपछि डा.शेखर कोइराला समूहको समिक्षात्मक छलफल कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
त्यस्तै थापाले कार्यक्रममा सम्बोधन गर्दा डा.शेखर कोइरालालाई वरिष्ठ नेता भनेर सम्बोधन गरेका छन् ।
‘अप्ठ्यारो अवस्थामा भएको अधिवेशनमा नैतिक रुपमा जित भएको छ । रामचन्द्र दाइसहित मिलाएर जान प्रयत्न गर्यौँ,’ थापाले भने, ‘आफू उम्मेदवार नबनेर पनि सहमति जुटाउने प्रयास गर्यौँ । मनोनयन गर्ने दिनसम्म सहमतिको प्रयास गर्दा समय गुर्जियो । तयारी गर्ने समय पुगेन ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहतर्फ लक्षित गर्दै थापाले आफूहरूले गरेको प्रयासको नेताहरूले सम्मान नगरेको बताए । ‘हाम्रो प्रयासको नेताहरूले जुन सम्मान गर्नु पर्थ्यो त्यो भएन । हामी भाग होइन न्याय चाहान्छौँ,’ उनले भने, ‘समूह निरन्तर चलिरहन्छ र छलफल हुन्छ तर सभापतिको समूह हुनु हुँदैन ।’
उनले बागमती प्रदेश सरकार गठन हुँदा सभापतिले एकलौटी गरेको प्रति थापाले आपपत्ति जनाए । ‘हामीले भन्यौँ भागबण्डा चाहँदैनौँ बागमती प्रदेश सरकार गठन हुँदा न्याय भएको छ कि छैन सबैलाई थाहा छ,’ उनले भने, ‘वरीयताको विषयमा हामीले विगतको अभ्यास सम्झाएको थियौँ ।’ भेला अनामनगरस्थित बसेरा होटलमा जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया