दाहालको पदीय लोलुपताकै कारण बैद्य, भट्टराई र थापाले साथ छाडे : प्रभु साह
फाइल तस्बिर
जनकपुरधाम : पूर्वमाओवादी समूहबाट ओली समूहमा लागेका नेकपा नेता तथा शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहालको पदीय लोलुपताकै कारण तत्कालिन माओवादीका नेताहरूले साथ छाडेको बताएका छन् । सोमबार प्रदेश २ को सिरहामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा साहले दाहालकै कारण तत्कालिन माओवादीका नेताहरू मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल र रामबहादुर थापाजस्ता नेताहरूले साथ छाडेको बताएका हुन् ।
संसद् विघटन हाम्रो रहर होइन ताजा जनादेशका लागि बाध्यता रहेका बताएका छन् । मन्त्री साहले संसद् विघटन हाम्रो लागि आत्मघाती रहेको बताए । उनले भने 'दुई तिहाई बहुमत पाएको अवस्थामा केही नेताको अनावश्यक बखेडाको कारण पाँच वर्षसम्म चल्ने सरकार ३ वर्ष नपुग्दै झरेकोमा कोही खुशी छैनन् ।'
संसद् विघटन संविधान अनुसार रहेको दाबी गर्दै मन्त्री साहले संसद्बाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्दा उनीसँग ६२ प्रतिशत सांसद रहेकोले अन्यसँग सरकार बन्ने अवस्था नरहेको बताए ।
पार्टीभित्र आफैले गरेको सहमति विपरित पार्टी कब्जा गर्न पुष्पकमल दाहालले 'कु' गरेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री बन्ने नियतीका साथ आफ्नै पार्टीका केही नेता ओलीविरुध्द अविश्वासको प्रस्ताव दर्ता गराएर चिटिङ गरेको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया