राजनीति

काेभिड संक्रमण बढ्दै गएपछि माधव नेपालको ४ बुँदे अपिल

इकागज |
पुस २६, २०७८ सोमबार १८:४३ बजे

फाइल तस्‍बिर

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभर बढिरहेको काेभिड–१९ संक्रमण बढेकाले पार्टीका बैठक तथा भेलाहरु गर्दा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै गर्न निर्देशन दिएका छन् ।

सोमबार एक अपिल जारी गर्दै अध्यक्ष नेपालले पछिल्ला केही दिनयता काेभिडको नयाँ भेरियन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेकाले सबै नेपालीलाई सचेत हुन अनुरोध पनि गरेका छन् । 


अध्यक्ष नेपालले पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न चार बुँदे निर्देशन जारी गरेका छन् । 

त्यस्तै उनले संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरू कडाइका साथ पालना गर्न/गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।  जारी गरिएकाे अपिलमा भनिएकाे छ,'धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ।' 


Author

थप समाचार
x