राजनीति

कर्णालीमा समूह प्रवेशको लहर, दुई मन्त्री दाहाल‍-नेपालतिर

लक्ष्मी भण्डारी |
पुस २१, २०७७ मंगलबार १७:३४ बजे

सुर्खेत : कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह छोडेर दाहाल–नेपाल समूह रोजेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले दाहाल–नेपाल समूहलाई समर्थन गरेको जनाएका हुन् । डोल्पाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले जिल्लाबासीको माया र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न आफू दाहाल–माधव समूहमा प्रवेश गरेकोे विज्ञप्तिमा उल्लेख गरेका छन् । 

गत आइतबार सामाजिक विकास मन्त्री दल रावल, र सांसद् पदम रोकाया दाहाल–नेपाल समूहतिर गएका थिए । सामाजिक विकास मन्त्री रावल सचिव रहेको नेकपा जिल्ला कार्यसमिति हुम्लाले विज्ञप्ति निकालेर दाहाल–माधव समूह रोजेको जानकारी गराएको थियो । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामासहित जिल्लाका अरू नेता तथा कार्यकर्ता पनि दाहाल–नेपाल समूहतिर गएको विज्ञप्तिमा उल्लेख छ । 


स्रोतका अनुसार ओली समूहबाट मन्त्री पदमा बसेका दुवै मन्त्रीलाई कर्णाली सरकारले बरर्खास्त गर्ने तयारी गरेपछि आफ्नो पद जोगाउन ओली समूह त्यागेर दाहाल–नेपाल समूहमा लागेको आरोप छ । अब कर्णाली सरकारमा पनि दाहाल–नेपाल समूह बहुमतमा पुगेको छ । नेकपा विभाजनपछि मन्त्री तथा नेताहरू पदको लागि एकपछि अर्को समूहमा प्रवेश गर्ने लहर चलेको छ । 
 


Author

थप समाचार
x