मन्त्रीद्वय यादव र रायकाे पुतला दहन
जनकपुरधाम – संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव र कृषि मन्त्री महेन्द्र राय यादवविरूद्ध धनुषाका विभिन्न स्थानमा प्रदर्शन र कालाे झण्डा देखाएकाे छ ।
जनमत पार्टीका नेता कार्यकर्ताहरूले किसानहरूकाे ११ बुंदे मांग पूरा गर भन्दै मन्त्री यादव र रायविरूद्ध जनकपुरधाम बजार, लक्ष्मिनिया बजार, तुल्सियाही, देवपुरा लगायतका स्थानमा बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले मन्त्रीद्वय यादव र रायकाे पुतलासमेत दहन गरेका छन् ।
मुखियापट्टी मुसहरनियाकाे बैरियामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएकी मन्त्री यादवलाई जनमत पार्टी नेता कार्यकर्ताहरूले विराेध प्रदर्शन गर्दै कालाे झण्डा समेत देखाएका हुन्।
किसानका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई मधेशमा प्रवेश गर्न नदिने पूर्व घोषणाअनुसार जनमत पार्टीले विराेध प्रदर्शन गरेको हाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया