गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङलाई दाेस्राे पटक काेभिड पुष्टि
पोखरा – गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई काेभिड संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव समेत रहेका गुरुङले आफूलाई काेभिड पुष्टि भएको आफ्नो फेसबुक पेज मार्फत पुष्टि गरेका हुन् ।
‘आज कोभिड संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छु । अफ्ठेरो महसुस नभए पनि आराममै छु,’ उनले भने, ‘फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबैजनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ ।’
उनको परिवार, पीएसओ, सवारी चालक र सचिवालयका कसैलाई पनि संक्रमण नदेखिएको स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिए । गुरुङलाई दोस्रो पटक काेभिड पुष्टि भएको हो । यसअघि गत २२ वैशाखमा पनि उनलाई काेभिड पुष्टि भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया