राजनीति

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई काेभिड पुष्टि

इकागज |
माघ ४, २०७८ मंगलबार १९:० बजे

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई काेभिड–१९ पुष्टि भएको छ । 

मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।


मंगलबार तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् । 

जारी विज्ञप्तिमा काेभिडको लक्षण देखिएपछि तीन दिनयता राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना घरमै आराम गरेर बसिरहेका उल्लेख छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ । 


Author

थप समाचार
x