राजनीति

खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने गृहकाे निर्णय

इकागज |
माघ ४, २०७८ मंगलबार २०:१ बजे

काठमाडौं - खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।

आज मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा बसेको बैठकले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेकाे हाे ।


गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको बताए ।

बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने सहमति बनेको छ ।


Author

थप समाचार
x