ओलीको अर्को कदम
कांग्रेस र जसपासँग मिलेर सरकार बनाउने, नभए प्रदेश निलम्बन
फाइल तस्वीर
धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा निलम्बन तयारी गरिरहेको सरकारकै एक मन्त्री खुलासा गरेका छन् । सुदूरपश्चिमबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने एक मन्त्रीले यस्तो खुलासा गरेका हुन् ।
‘आफ्नो बहुमत नरहेको प्रदेशमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका साना दलहरूसँग मिलेर सरकार बनाउने तयारी छ,’ ती मन्त्रीले भने, ‘त्यो सम्भव नदेखिए प्रदेशसभा पनि निलम्बन गर्ने तयारी छ । प्रधानमन्त्रीज्यूले पनि सोही संकेत दिनुभएको छ ।’
ती मन्त्रीकाअनुसार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टविरुध्द पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी भइरहेको छ । २४ पुसमा प्रधानमन्त्रीको धनगढी यात्राका क्रममा मुख्यमन्त्री स्वागतमा उपस्थित भएनन् । ‘कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि नयाँ सरकार बनाउँछौ’ मन्त्रीले भने ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जसपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । ३९ नेकपाका प्रदेश सासंदमध्ये ७ जना ओली समूहमा खुलेका छन् । त्यसमा दुई पूर्वमन्त्री पनि छन् ।
चुनावी तयारीको झल्को दिने देश दौडाहको सुरुवात सुदूरपश्चिमबाट गरेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा यहाँबाट चार जनालाई मन्त्री बनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया