राजनीति

एमाले बैठक : राष्ट्रिय सभा चुनावमा अन्तर्घातबारे छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई

इकागज |
माघ १९, २०७८ बुधबार २०:१३ बजे

काठमाडौं – नेकपा एमाले केही दिन अघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको बारे छानबिन गरि कारबाही गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । 

बुधबार बसेको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।  त्यस्तै बैठकले जनसंगठनको महाविधेशनलाई निरन्तरता दिने निर्णय गरेको छ । 
 


Author

थप समाचार
x