राजनीति

देउवा र दाहालले 'सहसचिव'को स्तरमा झरेर एमसीसीलाई पत्र लेखे : रवीन्द्र मिश्र

इकागज |
माघ २३, २०७८ आइतबार २०:३६ बजे

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसिसीलाई पत्र लेखेको विषयलाई उनले 'सहसचिव' को स्तरमा झरेको उल्लेख गरेका हुन् । 


उनले विभिन्न ६ वटा बुँदा उल्लेख गर्दै देश गम्भीर संकट उन्मुख रहेको उल्लेख गरेका छन् । 

जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्,
बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्,
कोही भूतपूर्व प्रधानमन्त्री 'होली वाइन'मा नुहाउँछन्,
कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्,
तिनकै पछाडि निहित स्वार्थले देशका धेरै वुद्धिजिवी, व्यापारी, र गलत बुझाईले बहुसंख्यक नागरिक दौडिन्छन्,
देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य भएर जान्छन्,
बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ ।

.+


Author

थप समाचार
x