राजनीति

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ, वृहत् पूर्ण इजलास अस्वीकार

इकागज |
माघ २, २०७७ शुक्रबार १८:९ बजे

काठमाडौं :  सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ वृहत् इजलासमा लैजान अस्वीकार गरेको छ । शुक्रबार बसेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले १२ जना रिट निवेदकको माग अनुसार रिटमाथिको सुनुवाइ वृहत् इजलासमा नलिई संवैधानिक इजलासमै गर्ने आदेश दिएको हो ।

‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम गर्नुपरेन’ शुक्रबारको बहसपछि जारी आदेशमा भनिएको छ ।


नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली लगायतले १२ वटै रिटमाथि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गरेका थिए ।

प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशले अब रिट निवेदकको माग अुनसार मुद्दाको सुनुवाई बृह्तपूर्ण इजलासमा नगर्ने निर्णयमा पुगेका हुन् । 

 


Author

थप समाचार
x